विराटनगर, फागुन ८ । गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड र नेपाल समूह आतंकित र भयभित भएको बताएका छन्। नेकपा प्रदेश १ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले केही मन्त्रीहरु आफूहरुसँग फर्किन लागेको भन्ने अभिव्यक्ति उनीहरुको आतंकित र भयभित मानसिकताको उपज भएको बताए।
मन्त्री थापाले प्रचण्ड नेपाल समूहले गोयवल्स शैलीमा भ्रम फैलाएको आरोप लगाएका हुन्।
उनले भने, ‘काठमाडौँमा नयाँ भ्रम फैलाउने प्रयत्न गरे, केही मन्त्रीहरु फेरि फर्केर प्रचण्ड नेपालको समूहतर्फ फर्किदै छन भन्ने भ्रम फाले। देशव्यापी रुपमा किन यस्तो गर्दैछन् ? आतंकको अभिव्यक्ति, भयको अभिव्यक्ति हो।’ मन्त्री थापाले प्रचण्ड–नेपाल समूहको गोयवल्स शैलीको षडयन्त्र पूरा नहुने पनि उनले दावी गरे।
Facebook Comments


























