काठमाडौं, माघ २९ । नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पक्राउ गर्न पूर्जी ल्याउन प्रहरीलाई आग्रह गरेकी छिन्।
राज्यले नागरिकलाई चाह्यो भने पक्राउ गर्न सक्ने भन्दै उनले प्रहरीले पक्राउ पूर्जी लिएर आए आफू जाने बताएकी हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो। तर, उनी नगएपछि पक्राउ गर्न प्रहरी संखमुलस्थित निवासमै पुगेको छ।
Facebook Comments


























