माघ २६ । भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको धौलीगङ्गा हिम नदीमा आएको बाढीमा बेपत्ता भएका १२५ जनाभन्दा बढी व्यक्तिको अवस्था अझै अज्ञात छ। अहिलेसम्म नौजनाको शव फेला परेको प्रहरीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ।
उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको अधिकारीहरूले बताएका छन्। कैयौँ गाउँहरूबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको छ। बेपत्ताहरूको खोजी तथा उद्धार जारी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। एजेन्सी
Facebook Comments


























