माघ २५ । आइतबार फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प गएको छ। जीएफजेड जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको मिन्डानाओ हो। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेअनुसार स्थानीय समयअनुसार १२ः२२ मा भूकम्प भएको हो।
त्यस्तै इन्डोनेसियाको भूकम्प मापन केन्द्रले भने यो भूकम्प ६.३ म्याग्निच्युड रहेको बताएको छ। भूकम्पको कारण भएको क्षतिबारे भने अहिलेसम्म कुनै विवरण आएको छैन। एजेन्सी
Facebook Comments


























