माघ २४ । बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘सुर्यवंशी को रिलिज मिति सार्वजनिक हुदै पोस्पेन्ड हुदै आएको छ। यस अघि निर्देशक रोहित शेट्टीले चलचित्रको प्रदर्शन मितिलाई अनिश्चितकालका लागि पोस्पेन्ड गरेपछी रिलिज रोकिएको थियो। केही दिन यता अप्रिलमा रिलिज हुने हल्ला चलेपनि फेरी सुर्यवंशी रिलिजमा अन्योलता छाएको छ।
‘सूर्यवंशी’का निर्माताले हलवालासँग अत्यधिक सेयर मागेका छन्। लकडाउनमा हलवाला तथा फिल्मीकर्ता मारमा परेको भन्दै भारतको केन्द्रिय सरकारले हलमा शत प्रतिशत अकुपेन्सीको अनुमती दिएको छ। जसका कारण पनि निर्माता र प्रदर्शक उत्साहित देखिएका छन्।
उनीहरुले प्रदर्शकसँग ७० प्रतिशत शेयर माग गरेका छन्। यस्तै, चलचित्र रिलिज भएको ४ सातापछि ओटीटी प्लेटफर्ममा रिलिज गर्न पाउनुपर्ने शर्त पिन अगाडि सारिएको छ। यो सर्तका लागि प्रदर्शक र निर्माताविच कुरा मिलेको छैन।
प्रदर्शकहरु फिल्म रिलिजको ४ सातापछि ओटीटी रिलिजका लागि तयार भएको बुझिएको छ भने ७० प्रतिशत शेयर दिन भने आकाकानी गरेका छन्। निर्माताले ७० प्रतिशत शेयर राख्न पाउनुपर्ने माग गरेपछि फिल्मको प्रदर्शन मिती अन्योलमा परेको छ। आगामी अप्रिल २ तारिखबाट रिलिज हुने भनिएको फिल्म रिलिज हुने नहुनेमा निश्चित हुन सकेको छैन।
लकडाउन अगाडि निर्माता र प्रदर्शकले ५०–५० प्रतिशत शेयर प्राप्त गर्दै आएका थिए तर यता प्रदर्शकहरु ७० प्रतिशत शेयरको मागले आफूहरुलाई अन्यायमा परेको बताउँछन्। एजेन्सी


























