माघ २३ । पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय रहेको गजल ‘पुरानो घाउ’ सार्वजनिक भएको छ। अञ्जु पन्तको स्वर रहेको ‘पुरानो घाउ’को शब्द चन्द्र प्रसाई ‘परिस्कृत’ले कोरेका हुन्।
सन्तोष श्रेष्ठले संगीत भरेको गीतमा बिष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ छ। देवेन्द्र पाण्डेले निर्देशन रहेको भिडियोमा आकाश र पुजालाई आकर्षक तरिकाले उतारिएको छ। भिडियोमा उत्सव दाहालको छायाँकन, बिकाश दाहालको सम्पादन छ।
Facebook Comments


























