माघ २२ । अभिनेत्री प्रीति जिन्टा लामो समयदेखि बलिउडबाट गायब छिन्। बलिउडमा फिल्म राम्रो पहिचान बनाउन सफल उनले २००० मा अभिनयमा डेब्यु गरेकी थिइन्। एकसमय उनलाई फिल्मको पर्दामा देख्न मानिस तछाड मछाड समेत गर्दथे। अहिले भने उनी फिल्ममा कम देखिने गर्दछिन्।
प्रीतिका फ्यानले अहिले उनको क्युट मुस्कान र दमदार अभिनयलाई मिस गरिरहेका छन्। आखिर प्रीति बलिउडबाट किन टाढा रहिन् ? जो कोहीको मनमा पनि यहि प्रश्न उब्जिएको हुनसक्छ।
यहि प्रश्नको जवाफ प्रीतिले एक वेबसाइटको अन्तवार्तामा समेत दिएकी छन्। जसमा उनले भनेकी छन् ‘मनोरञ्जन दुनियाबाट म टाढा हुनुको एक कारण यो हो। म आफुलाई बेच्नु छैन।’ फिल्म दुनियामा चर्चामा रहन आफुले स्पेश किनेको देख्न नसकिन प्रीतिले म जुन काम गर्छु। त्यसैबाट आफु चर्चामा रहन चाहने समेत बताएकी छन्।
बलिउडमा कयौ हिट फिल्म दिएकी प्रीति पछिल्लो समय मणीरत्नमको फिल्म ‘दिल से’को सानो भुमिकामा देखिएकी थिइन्। यसपछि उनी शेखर कपुरको फिल्म ‘तारा रम पप’मा देखिने चर्चा थियो। तर फिल्मबाट उनलाई हटाइयो। सोल्जर, दिल चाहता है, कोई मिल गया, कल हो ना हो, वीर जारा, अलविदा लगायत उनका बलिउडमा थुप्रै हिट फिल्म छन्। एजेन्सी


























