काठमाडौं, माघ १९ । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपा विवादमा कसैलाई आधिकारिकता नदिने र चुनाव चिन्ह सूर्य पनि फ्रिज गर्ने षडयन्त्र भइरहेको बताएका छन्।
साथै यस्तो षडयन्त्रले चुनौती थपिएको पनि बताएका छन्। अर्को समूहको नेतृत्वको गरिरहेका केपी शर्मा ओलीसँग एक चौथाइ पनि केन्द्रीय सदस्य नभएको उल्लेख गर्दै नेपालले आफूहरूलाई आधिकारिकता नदिने निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। यसअघि निर्वाचन आयोगले ओली समूहले बनाएको १५ सय सदस्यीय केन्द्रीय समिति र प्रचण्ड- नेपाल समूहले नेपाललाई बनाएको अध्यक्षलाई अमान्य भनिदिएको थियो।
Facebook Comments


























