काठमाडौं, माघ १६ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चुनावको तयारीका लागि भन्दै निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी नहुने भएको छ।
आयोगले शुक्रवार साढे ११ बजेका लागि नेकपाको दुवै समूहलाई छलफलका लागि बोलाएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षबाट महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ सहितका नेताहरू आयोग पुग्दैछन्। प्रचण्ड–नेपाल पक्षबाट पनि नेताहरू लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोग पुग्दैछन्।
आयोगले छलफलका लागि बोलाएकाले सूचना दिनका लागि मात्र आफूहरू आयोग जाने नेता पोखरेलले बताए।
Facebook Comments


























