काठमाडौं, माघ १६ । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले पार्टीका दुवै अध्यक्ष बाहिर रहेको भन्दै १८ गतेपछि मात्रै छलफल गराउनका लागि निर्वाचन आयोगलाई अग्रह गरेको छ। शुक्रबार पार्टीको पत्रसहित निर्वाचन आयोग पुगेर नेकपाका नेताहरुले यस्तो आग्रह गरेका हुन्।
नेकपा नेताहरु राजेन्द्र पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान निर्वाचन आयोग पुगेर दुवै अध्यक्ष उपत्यकाबाहिर रहेका कारण प्रतिनिधि मनोनयन गर्ने अवस्था नरहेको र अध्यक्षद्वयले आफैँ उपस्थित भएर छलफल गर्न चाहेकाका कारण केही दिन समय सारिदिन आग्रह गरेका हुन्।
बिहीबार पत्र काटेर आयोगले निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूहका अध्यक्ष वा अध्यक्षले तोकेका ५/५ जनालाई शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाएको थियो। नेकपाले १८ गतेपछि उपयुक्त समयमा छलफलको आयोजना गर्न समेत आयोगसँग आग्रह गरेको छ।


























