माघ १६ । सागर लम्साल अर्थात् बलेले आफ्नै लगानीमा म्युजिक भिडियो आएन चाइनाको रेल तयार पारेका छन्। उनले टिकटकमा चर्चा कमाएर अहिले म्युजिक भिडियोमा काम गरिरहेका जुम्ल्याहा दिदीबहिनीसँग भिडियो तयार पारेका हुन्।
भिडियोको निर्देशन गम्भिर बिष्टले गरेका हुन् भने छायांकन नवराज उप्रेतीले सम्हालेका छन्। सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा बलेसँगै प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय छ। गीतमा हरि गिरी र बबिना किरातीको आवाज रहेको छ। गीतको रचना र संगीत गायक हरि गिरी ‘विमर्शी’को रहेको छ। सागरको अफिसियल युट्युब च्यानल बले एन्टरटेन्मेन्टबाट भिडियोलाई सार्वजनिक गरिएको छ।
Facebook Comments


























