काठमाडौं, माघ १२ । नागरिक दैनिकले नेकपा दुई समूहका विभाजित भएपछि प्रचण्ड नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको खबर छापेको छ।
आइतबार बसेको सो समूहको स्थायी समिति बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाएको हो।
प्रचण्ड–नेपाल समूहको माघ २ गते बसेको बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेर बालुवाटारमा बुझाइएको थियो। तर त्यसको जबाफ नदिएको भन्दै ओलीलाई आइतबार कारबाही भएको हो।
Facebook Comments


























