काठमाडौं, माघ ११ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोनाले २० देशमा ३ सय २७ नेपालीको मृत्यु भएकोछ।
संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ५३ हजार ४ सय ३२ जना कोरोना मुक्त भएका छन्। यो कुल संक्रमितको ९५ प्रतिशत हो।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, पोर्चुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापान लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।
Facebook Comments






















