काठमाडौं, माघ ११ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड समुहको स्थायी कमिटी बैठक आज बस्दै छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको अनौपचारिक छलफलपछि आज दिउँसो साढे १२ बजेका लागि बैठक डाकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
उनका अनुसार हिजोको बैठकमा पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा आयोजना गरेको सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको छ। आजको बेठकले संसद विघटनबारे अन्य दलहरुसँग संयुक्त आन्दोलन गर्ने विषयमा छलफल गर्नेछ।
Facebook Comments


























