माघ ३ । कृषि कानूनको विरोधमा आन्दोलनरत भारतीय किसान र सरकारी प्रतिनिधिहरूबीचको नवौँ वार्ता पनि अनिर्णित भएको छ। कृषिसम्वन्धी तीन नयाँ कानून खारेज गर्न माग गर्दै आन्दोलन गरिरहेका किसानका प्रतिनिधिसँग शुक्रबार केन्द्रीय सरकारका तीन मन्त्रीले वार्ता गरेका थिए।
शुक्रबारको वार्तामा पनि सहमति नभएपछि यही जनवरी १९ मा फेरि वार्ता गर्ने तय भएको जनाइएको छ। किसानहरुको मागप्रति सरकारी पक्ष धेरै नै लचक हुँदा पनि किसानका प्रतिनिधि सहमतिमा नआएको सरकारी पक्षको भनाइ छ। आन्दोलनरत किसानका नेता जोगिन्दर सिंह उर्गाहनले भने तीन वटै कानून खारेज गर्न आफुहरुले माग गरेपछि सरकारी पक्ष तयार नभएकाले सहमति नभएको बताए। एजेन्सी
Facebook Comments


























