पुस २९ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त नगरिने प्रष्ट्याएका छन्। तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले २५औँ संशोधनको व्यवस्था बमोजिम ट्रम्पलाई हटाउने पक्षमा रहे–नरहेको जानकारी दिन पठाएको पत्रको जवाफमा उपराष्ट्रपति पेन्सले आफू त्यसको पक्षमा नरहेको प्रष्ट्याएको बीबीसीले जनाएको छ।
तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव दर्ता भएर मतदानको तयारी भइरहेका बेला उपराष्ट्रपतिले ट्रम्पलाई बर्खास्त नगर्ने जनाएका हुन्। उपराष्ट्रपति पेन्सले तल्लो सदनलाई पठाएको पत्रमा कार्यकालको आठ दिन मात्रै बाँकी हुँदा राष्ट्रपतिलाई हटाउनु देशको हित र संविधानको व्यवस्था अनुकुल नहुने बताएका छन्। एजेन्सी
Facebook Comments
























