काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जाने भन्नेबित्तिकै धेरैको सातो गएको बताएका छन्। राष्ट्रियसभा बैठकमा उनले चुनाव घोषणा भएको भन्दै रिङमा उत्रन सबै दललाई आग्रह गरे।
“रिङमा आउनुस्, जितेर बेल्ट लगाउनुस्। निर्वाचन भन्नेबित्तिकै सातो किन गएको ?” उनले भने। आफूले गलत गरेको रहेछ भने जनतामा गएर दण्ड दिन पनि उनले सल्लाह दिए। प्रधानमनत्री ओलीले आफूलाई गैरजिम्मेवार भनिएकोप्रति पनि आक्रोश पोखे। उनले आफू जिम्मेवार भएरै प्रतिनिधिसभा विघटन गरेको पनि बताए।
Facebook Comments


























