चितवन, पुस २३ । संसद विघटन गरेपछि आलोचित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध देशभर प्रदर्शन भइरहेको छ। नेकपा प्रचण्ड–नेपाल समूहका विभिन्न भातृ संगठनहरुले ओलीको यो कदमको विरोधमा विभिन्न प्रदर्शन गरिरहेका छन्।
यहीबीच चितवनमा वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पसलगायतका कलेजका विद्यार्थीहरुले आज विहान प्रधानमन्त्री ओलीको पुत्ला जलाएका छन्। प्रचण्ड–नेपाल समूहले सुरु गरेको दोस्रो चरणको आन्दोलनमा आज देशभर प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम रहेको छ।
Facebook Comments


























