काठमाडौँ, पुस १८ । नेकपाको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा देशव्यापी आन्दोलन गर्ने घोषणा आज पत्रकार सम्मेलनबाट गरिएको हो। आन्दोलन शान्तिपूर्ण हुने भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभरबाट सरकारको खबरदारी गर्ने बताए।
आन्दोलनका कार्यक्रम पुस २० गतेदेखि माघ २३ गतेसम्मका कार्यक्रम रहेका छन्। आन्दोलन अन्तर्गत जिल्ला, पालिका, वडा तहसम्म अन्तर्क्रिया, छलफल, विरोध प्रदर्शन लगायतका छन्।
आगामी माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रमा मोटरसाइकल र्याली गर्ने कार्यक्रम रहेको छ। संसद पुनःस्थापनाको माग गर्दै प्रचण्ड–नेपाल नेकपाले पहिलो चरणको आन्दोलन गरिसकेको छ। संसद विघटन गर्दै सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ।
Facebook Comments


























