विराटनगर, पुस १६ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गरेका छन्। आफ्नो दलका नेतालाई जानकारी नै नदिइ अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै उनले तीन महिनाका लागि १५ सांसदलाई निलम्बन गरेका हुन्।
निलम्बनमा पर्नेमा प्रदेश सांसद् भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई, यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन्।
अन्य चार सांसद तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकबहादुर मगर र रामकुमार राईले मौखिक जवाफ दिएको कारण कारवाहीमा परेका छैनन्।प्रधानमन्त्री केपी ओली समूहको नेकपाका नेतासमेत रहेका राईले अविश्वासको प्रस्ताव दर्ता गर्ने १९ जनालाई स्पष्टिकरण सोधेका थिए। तीमध्ये १५ जनालाई निलम्बन गरिएको हो।



























