काठमाडौं, पुस ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको सचिवालय बैठक नेकपाको सांगठनिक कार्यालय कोटेश्वर पेरिसडाँडामा बसिररहेको छ।
मध्यान्हदेखि शुरु बैठकमा आगामी रणनीति, संगठन, जिम्मेवारी बाँडफाँड र आन्दोलनका आगामी कार्यक्रम बारे छलफल केन्द्रीत रहेको जनाइएको छ। बैठकमा अध्यक्षयद्धय दाहाल र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा दुई समूहमा विभाजित भएको छ। ओली समूह चुनावी रणनीतिमा लागेको छ भने दाहाल नेपाल समुह संसद विघटन संविधान विपरित भन्दै सडक आन्दोलनमा छ। यस्तै, दुवै पक्ष आफ्नो समूहलाई वैधानिक मान्यता दिने लडाईंमा केन्द्रीत छन्। दुवै पक्षले आफूहरू वैधानिक दावी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराइसकेका छन्।


























