काठमाडौं, पुस १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले २९७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगलाई जानकारी गराएका छन्। उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालसहितका नेताहरु आयोग कार्यालय पुगेर हस्ताक्षर बुझाएका हुन्। माइतीघर मण्डलाबाट उक्त समूहका केन्द्रीय सदस्य, विघटित प्रतिनिधि सभा सदस्य र अन्य जनवर्गीय संगठनका नेता कार्यकर्तासहित आयोग पुगेका हुन्।
नेता कार्यकर्तालाई जमलमै रोकिएपछि शीर्ष नेताहरु मात्रै आयोग पुगेका थिए। उनीहरुले आफू नै आधिकारिक नेकपा भएको बताएका छन्। नेकपा नाम र चुनाव चिह्न सूर्य आफ्नो हुनुपर्ने दाबी उनीहरुले गरेका छन्।
Facebook Comments


























