काठमाडौं, पुस १० । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइ अविश्वासको प्रस्ताव दर्ता भएको हो।
त्यस्तै तीन मन्त्रीले राजीनामा दिएका छन्। राजीनामा दिने तीन मन्त्रीमा अरुण नेपाल, शरद दुलाल र शालिकराम जमकट्टेल रहेका छन्। आज बिहान ११ बजेर २५ मिनेटमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिए। उनका अनुसार ४६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको हो।
Facebook Comments


























