मुम्बई, पुस ८ । बलिउड अभिनेत्री रकुल प्रित सिंहलाई कोरोना संक्रमण भएको छ। चलचित्र ‘मेडे’ को छायांकनमा रहेकी रकुलको कोरोना रिर्पोट पोजेटिभ आएको हो।
यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “म सबैलाई जानकारी दिन चाहन्छु, मेरो कोरोना परीक्षण पोजेटिभ आएको छ। म अहिले क्वारिन्टिनमा छु। म स्वस्थ छु र राम्रोसँग आराम गर्ने छु ताकि म चाँडै छायांकनमा फर्किन सकुँ। मलाई भेट्ने सबैलाई आफ्नो पनि परीक्षण गराउन हुन अनुरोध गर्दछु। धन्यवाद र सुरक्षित रहनुहोस्।”
अभिनेता अजय देवगनको महत्वकांक्षी निर्देशकीय चलचित्र ‘मेडे’मा रकुल अजय र अमिताभ बच्चनसँग काम गर्दैछिन्। रकुलअघि कोरोना भाइरसको चपेटामा अभिनेत्री कृति सेनन, नीतू कपुर, वरुण धवन, मलाइका अरोरा, अमिताभ बच्चनलगायत कलाकार पनि परिसकेका छन्। एजेन्सी
Facebook Comments


























