काठमाडौं, पुस ५ । प्रतिनिधिसभा विघटनपछि गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टबाहेकका प्रचण्ड-माधव समूहका ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।
‘गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य स्थिरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,’ संयुक्त राजीनामा पत्रमा भनिएको छ।
राजीनामा दिनेमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन अनन्त, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वन मन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री वीना मगर छन्।

Facebook Comments


























