काठमाडौं, पुस ५ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई राजनैतिक रुपमा प्रतिवाद गर्ने भएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै प्रधानमन्त्रीको कदमलाई कांग्रेसले राजनैतिक रुपमा प्रतिवाद गर्ने बताएका हुन्।
‘प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ। संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं,’ उनले भनेका छन्। यस्तै प्रवक्ता शर्माले अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने बताएका छन्।
Facebook Comments


























