काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक बसेको केही बेरमै सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी थिए। तर, बैठक नाम मात्रका लागि बसेको देखियो।
बैठकले ओलीको सहभागिता देखाउने र केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्ने काम गरेको थियो। अर्को बैठक १ पुसको दिउँसो एक बजे बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन्।
नेकपाभित्र विवाद बढिरहँदा अध्यक्ष ओलीले स्थायी कमिटी बैठकमा सहभागी नहुने अडान लिदै आएका थिए। तर, आज उनी सहभागी भएसँगै सहमतिको प्रयास अगाडि बढ्ने संकेतका रुपमा बुझिएको छ।
Facebook Comments


























