दोहा, मंसिर २६ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साइप्रसले नेपालीको शव व्यवस्थापनमा आर्थिक सहयोग मागेको छ। नोभेम्बर ४ तारिखमा मृत्यु भएका पोखराका रोशन अधिकारीको दाहसंस्कार साइप्रसमै गरिने भएको तर शव व्यवस्थापनका लागि आर्थिक समस्या भएको परिषदले जनाएको छ।
परिवारले इजरायलस्थित नेपाली दूतावासलाई उनको शव साइप्रसमै अन्तिम दाहसंस्कार गर्न स्वीकृति दिएको थियो। परिवारको अनुमतिपछि दूतावासले साइप्रसमा रहेको कन्सुलेट अफ निकोसियालाई व्यवस्थापनका गर्न अनुरोध गरेको थियो।
सोही अनुसार कन्सुलेटसंग सहकार्य गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साइप्रसले पनि शव व्यवस्थापनका लागि आर्थिक अभाव भएको जनाउँदै सहयोग गर्न अनुरोध गरेको छ।
Facebook Comments






















