मंसिर २० । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाउन कसैलाई पनि बाध्य नपारिने बताएका छन्। खोप उपलब्ध गराउने राज्यको दायित्व भए पनि त्यसलाई प्रयोग गर्ने या नगर्ने नागरिकको स्वइच्छा भएको उनले बताए। गृहराज्य डेलवरको विलमिङ्गटनमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले कोरोना भाइरसविरुद्धको खोपलाई अनिर्वाय बनाउनु नपर्ने प्रष्ट्याएका हुन्।
‘मेरो सामर्थ्यले भ्याएसम्म खोपका लागि सबैलाई जागरुक बनाउने प्रयास हुनेछ। तर खोप लगाउने वा नलगाउने व्यक्तिको निर्णयको कुरा हो,’ उनले भने।
हालै भएको एक अध्ययनले ६० प्रतिशत अमेरिकीहरु मात्रै कोरोना भाइरसविरुद्धको खोप लगाउन तयार भएका छन्। अमेरिकाले डिसेम्बरको मध्यसम्ममा कोभिड-१९ विरूद्धको खोप स्वीकृति गर्ने सम्भावना छ। एजेन्सी
Facebook Comments


























