चितवन, मंसिर ८ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं.६ हर्दीमा आज साँझ ग्याँस बुलेटको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ। भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाईकललाई ठक्कर दिंदा स्थानीय दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं ५ बस्ने वर्ष ३० को नवराज दनै र सोही ठाउँका २२ वर्षिय सचिन दमै रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए।
साँझ ६ः३० बजेको समयमा पूर्वबाट नारायगढतर्फ आउँदै गरेको एन एल ०१ एल २४६० नम्बरको ग्यास बुलेटले प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाईकललाई ग्याँस बुलेटरले ठक्कर दिएको थियो। ग्यास बुलेटलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। उपचारको लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ। अहिले स्थानीय र प्रहरीबीच पटक पटक झडप भईरहेको जनाईएको छ। प्रहरीले बाटो खुलाउने प्रयास भईरहेको जनाएको छ।