काठमाडौं, मंसिर ७ । पछिल्लो २४ घण्टामा थप ५ हजार ६९९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९९ हजार २४ पुगेको छ। उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि शनिबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९३ हजार ३२५ रहेको थियो। नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ३२१ पुगेको छ।
Facebook Comments


























