चितवन, मंसिर ७ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा. न २ टाँडी बजारमा निर्माणाधिन आकासे पुलमा फेला परेको बम नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको छ।
नेपाली सेनाको डिस्पोजल टोलिले बम डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरिक्षक रविन कार्कीले जानकारी दिए। डिस्पोजका क्रममा बम जस्तो देखिनेगरी झोलामा ढुंगा राखेर तार जोडिएको फेला परेको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिए।
बिहान ७ बजेको समयमा संङ्कास्पद आकाशे पुलमा नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाको ‘सातौ पार्टी पुनर्गठन दिवश भव्य मनाऔं’ लेखिएको व्यानरमा डोरीमा झुन्ड्याईएको अवस्थामा दुईवटा संङ्कास्पद बस्तु फेला परेको थियो। शंकास्पद वस्तु भेटिएपछि पुल वरपर आवतजावत बन्द गरिएको थियो।
Facebook Comments


























