चितवन, मंसिर ७ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा.न २ टाँडी बजारमा निर्माणाधिन आकासे पुलमा संङ्कास्पद बस्तु फेला परेको छ। बिहान ७ बजेको समयमा संङ्कास्पद बस्तु फेला परेको हो।
आकाशे पुलमा नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाको ‘सातौ पार्टी पुनर्गठन दिवश भव्य मनाऔं’ लेखिएको व्यानरमा डोरीमा झुन्ड्याईएको अवस्थामा दुईवटा संङ्कास्पद बस्तु फेला परेको ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरिक्षक रविन कार्कीले जानकारी दिए। शंकास्पद वस्तु भेटिएपछि पुल वरपर आवतजावत बन्द गरिएको छ। संङ्कास्पद बस्तु डिस्पोजका लागी अहिले नेपाली सेना घटना स्थलमा पुगेको छ।


Facebook Comments


























