चितवन २ मंसिर । गायक दीपक तुम्बापो करिब २ दशकपछि पुनः नेपाली सांगीतिक क्षेत्रमा फर्किएका छन्। विसं २०५८ सालमा रेकर्ड गरिएको गीत ‘सल्लेरी पाखामा’काे भिडियाेमार्फत पुनः सांगितिक क्षेत्रमा फर्किएका हुन्। स्वर्गीय भिम दा तुम्बापोको शब्द/संगीत र विश्व अधिकारीको एरेन्ज रहेको गीतको भिडियोमा दीपकले आफैँ अभिनय गरेका छन् भने उनलाई मोनिका लिम्बुले अभिनयमा साथ दिएकी छन्।
नरेन मोक्तानको सिनेमाटोग्राफी र प्रदीप बस्नेतको सम्पादन रहेको भिडियोकाे निर्देशन भने देवजंग थापाले गरेका हुन्। विभिन्न कारणले गर्दा सांगीतिक क्षेत्रमा निरन्तर रहन नसकेकाे बताउँदै अबका दिनमा समयले भ्याएसम्म गीत संगीतलाई पनि अगाडि बढाउँदै लैजाने उनकाे भनाइ छ। तिहारको कोशेलीस्वरूप सार्वजनिक गरिएको गीत गायक दीपक तुम्बापाेले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।
Facebook Comments


























