मंसिर १ । बेलायतका प्रधानमन्त्री बोसि जोनसन पुन कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन्। बिहीबार सामुहिक रुपमाबसेको बैठकपछि ५ जनामा कारोना संक्रमण भएको पाइएपछि प्रधानमन्त्री जोनसनमा पनि कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहुन्।
अहिले उनी सेल्फ आइसोलेशनमा बस्नुभएको बेलायती समाचार माध्यमहरुको भनाइ छ। उनलाई गत मार्चमा कोरोना भाइरस संक्रमण भएको थियो। संक्रमणपछि उनको स्वास्थ्य अवस्था अति नै चिन्ताजनक भएको थियो। तर आइशियूमा राखेर निरन्तर गरिएको उपचारपछि उनी बाँच्न सफल भएका थिए। एजेन्सी
Facebook Comments


























