नयाँ दिल्ली, मंसिर १ । कोरोना संक्रमित रहेका भारतीय अभिनेता सौमित्र चटर्जीको ८५ वर्षको उमेरमा निधन भएको छ। विख्यात निर्देशक सत्यरजीत रेको फिल्मबाट अभिनय थालेका चटर्जीको कोलकातास्थित एक अस्पतालमा निधन भएको हो। कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
भारतीय सिनेमामा प्रदान गरिने सर्वोच्च पुरस्कार दादासाहेब फाल्के अवार्ड प्राप्त उनले फिल्म क्षेत्रमा ६१ वर्ष बिताएका थिए। छवि विश्वास, उत्तम कुमार, उत्पल दत्तलगायत बंगाली फिल्मका नामुद कलाकारसँग उनले काम गरेका थिए।
सत्यजीत रेको फिल्म ‘अपूर संसार’बाट अभिनय सुरु गरेका चटर्जीले ३ सयभन्दा बढी फिल्ममा अभिनय गरेका। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चटर्जीको निधनले सिनेमा जगतलाई ठूलो हानी भएको भन्दै ट्विट गरेका छन्। एजेन्सी
Facebook Comments


























