कार्तिक २३ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो जित सबै नागरिकको जित भएको बताएका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, ‘अमेरिकी जनताले स्पष्ट जनादेश दिएका छन्, यो जित तपाईको हो, मलाई ७ करोड ४० लाख मत प्राप्त भएको छ, यति मत आजसम्म कसैलाई प्राप्त भएको थिएन।’
उनले अमेरिकी जनताले आफूमाथि देखाएको विश्वासलाई स्वीकार गर्ने बताए। उनले भने, ‘म अमेरिकाको राष्ट्रपति हुँ,सबैलाई साथ लिएर अगाडि बढ्नेछु, म रेड स्टेट र ब्लु स्टेटको रुपमा हेर्नेछैन, म अमेरिकाको राष्ट्रपति हुँ, कुनै पार्टीको होइन, अब हामी सबै मिलेर काम गर्नेछौं।’ एजेन्सी
Facebook Comments


























