कार्तिक २१ । अमेरिकाको राष्ट्रपति निर्वाचनमा जर्जिया राज्यको मतगणना अन्तिम चरणमा पुगेको छ। लगभग ९९ प्रतिशत मत गनिसक्दा जो बाइडनले राष्ट्रपति डोनल्ड ट्रम्पलाई उछिनेर अघि बढेका छन्।
ताजा अप्डेट अनुसार, बाइडन अहिले ट्रम्पभन्दा ९१७ भोट अगाडि छन्। बाइडनको भोट ४९.३९ प्रतिशत छ भने ट्रम्पको ४९.३७ प्रतिशत छ। यसले ट्रम्पलाई पुनर्निर्वाचित हुने बाटो बन्द गर्न लागेको देखिएको छ।
Facebook Comments


























