कार्तिक २१ । एक इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि उक्साएको आरोपमा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीको मुद्दामा आज सुनुवाई हुँदैछ। बम्बे उच्च अदालतले आज रिपब्लिक टीभीका सम्पादकसमेत रहेका गोस्वामीको अन्तरिम जमानत याचिकामा सुनुवाइ गर्नेछ।
उनलाई सन् २०१८ मा एक इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि उक्साएको अभियोगमा बुधबार पक्राउ गरेको थियो। हाल उनी १४ दिनको न्यायिक हिरासतमा छन्। बिहीबार, अर्नबका वकिल उच्च अदालत पुगेर एफआईआर खारेजको माग गरेका थिए। तर उच्च अदालतले अर्नबलाई अन्तरिम राहत दिन अस्वीकार गरेको थियो। एजेन्सी
Facebook Comments


























