कार्तिक २० । हलमा रिलिज भएको डेढ बर्षपछि चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भएको छ। झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन्। चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतको मुख्य भूमिका छ।
चलचित्रले हलमा सुपरहिटको व्यापार गरेको थियो। यो चलचित्रमा नायक अनमोल केसी सुपरस्टार गायकको भूमिकामा देखिएका छन्। यस्तै, नायिका सुहाना थापालाई भने उनको फ्यानको भूमिकामा देखाइएको छ।
युटुबमा आउनु अगाडि चलचित्रलाई विदेशमा, टीभीमा पनि रिलिज गरिएको थियो। युटुबमा पनि यो चलचित्रलाई दर्शकले मन पराउने विश्वास निर्माणपक्षको छ। चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भैरहँदा यसको निर्माणपक्षले ‘ए मेरो हजुर ४’को छायांकन सुरु गरिसकेको छ।
Facebook Comments




















