कार्तिक २० । हरेक मत गणना हुनुपर्ने माग गर्दै अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा प्रदर्शन भएको छ। डोनाल्ड ट्रम्पको चुनावी अभियानले विस्कन्सिन, मिसिगन र जर्जियामा पेन्सिलभेनियामा बाँकी मतगणना नगरिएको भन्दै कानुनी लडाइँ सुरु गरेका बेला फिलाडेल्फियामा प्रदर्शन भएको हो।
प्रदर्शनमा सहभागीहरु अधिकांश डेमोक्रेटिक समर्थक थिए। प्रदर्शन शान्तिपूर्ण रुपमा भइरहेको र सुरक्षाकर्मीसमेत भारीमात्रामा तैनाथ भएको बिबिसीले जनाएको छ। एजेन्सी
Facebook Comments




















