कार्तिक २० भारतको रिपब्लिक टेलिभिजनका सम्पादक एवं विवादास्पद टेलिभिजन प्रस्तोता अर्नब गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाईएको छ। अर्नबबाहेक अन्य दुई जनालाई सन् २०१८ मा एक व्यक्तिको आत्महत्याका लागि उक्साएको आरोपमा मुम्वईको एक अदालतले बुधबार अबेरराति न्यायिक हिरासतमा पठाउने निर्णय सुनाएको हो।
अर्नब गोस्वामीका वकील अबाद पोंडाले धरौटीमा रिहाईका लागि निवेदन दर्ता गराएका छन्, जसको सुनुवाइ बिहीबार हुने छ। २०१८ मा ईन्टेरियर डिजाईनर अन्वय नाइक र उनकी आमा कुमुद नाइकको मृत्युको विषयमा अनुसन्धान गर्न अनर्वलाई बुधबार घरबाटै पक्राउ गरिएको थियो। पछिल्लो समय उनी मुम्बई प्रहरी र महाराष्ट सरकारको आलोचनामा उत्रिएका थिए। एजेन्सी
Facebook Comments


























