कार्तिक १९ । विवादास्पद टेलिभिजन प्रस्तोता अर्णव गोस्वामी पक्राउ परेका छन्। भारतको रिपब्लिक टेलिभिजनका सम्पादक उनलाई आज बिहान अलिबागम प्रहरीले पक्राउ गरेको हो।
सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वय नायक र उनकी आमा कुमुद नायकको मृत्युको विषयमा छानबिन गर्न उनलाई पक्राउ गरिएको जनाइएको छ। टेलिभिजनको टीआरपी प्रकरणका विषयमा अर्णवविरुद्ध छानबिन भइरहेका बेला अर्णव पक्राउ परेका हुन्। एजेन्सी
Facebook Comments




















