इस्तानबुल, कार्तिक १७ । टर्कीमा शुक्रबार राति गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ। मृतकमध्ये २ जना ग्रिसका छन्। टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले टेलिभिजनमार्फत सम्बोधन गर्दै मृत्यु हुनेको संख्या ४२ पुगेको जनाएका हुन्।
भूकम्पका कारण अहिलेसम्म आठ सय जना घाइते भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ। अझै कयौँ बेपत्ता छन्। टर्कीको इज्मिर सहरमा शुक्रबार ७ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पपछि भत्केका भवनमा मानिसहरू फसेको आंशकामा खोजी तथा उद्धार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। एजेन्सी
Facebook Comments
























