मुम्बई, कात्तिक १६ । अब बन्ने नयाँ फिल्म ‘हिरोपन्ती २’ एक्शन अभिनेता टाइगर श्राफसँग अभिनेत्री तारा सुतारीयाले फेरी एक पटक काम गर्ने भएकी छिन्। उनीहरुले यस अघि ‘स्टुडेन्ट अफ द इयर २’मा काम गरेका थिए। उक्त फिल्म ताराले अभिनय गरेको पहिलो फिल्म थियो। अभिनेत्री ताराले जन्मदिनको विशेष अवसरमा हिरोपन्तीको दोस्रो भागमा पनि जोडिन पाएकोमा खुशी व्यक्त गरेकी थिइन्।
उनले इन्स्टाग्राममा निर्माता साजिद सरलाई धन्यवाद दिदै लेखेकी छिन्, ‘मेरो जन्मदिनको दिन, हिरोपन्ती २ मा काम गर्न पाउनु यो भन्दा राम्रो सुरुवात अरु केही हुँदैन।’ यो भन्दा पहिला ताराले साजिद नाडियाडवालाको एक फिल्ममा काम गरिसकेकी छिन् जसमा सुनिल शेट्टीका छोरा अहान शेट्टीले पनि अभिनेताको रुपमा प्रवेश गरेका थिए।
हाल साजिदले हिरोपन्ती २ को घोषणा गरेका छन्। यस फिल्मलाई अहमद खानले निर्देशन गर्दैछन्। अहमद खानले ‘बागी २’ र ‘बागी ३’ फिल्म पनि निर्देशन गरेका थिए। २०१४ मा प्रदर्शन भएको फिल्म ‘हिरोपन्ती’ टाइगरको पहिलो फिल्म थियो। जबरजस्त व्यापार गरेको यस फिल्मको भन्दा पनि एक्शनको भने निकै चर्चा भएको थियो। एजेन्सी


























