कार्तिक १५ । क्यानडाले आगामी ३ वर्षभित्र १२ लाख आप्रवासी भित्र्याउने भएको छ। संघीय आप्रवासन मन्त्री म्याक्रो मेन्डिसिनोले शुक्रबार ओट्टावामा बोल्दै सरकारले सन् २०२१ मा ४ लाख १ हजार, २०२२ मा ४ लाख ११ हजार २०२३ मा ४ लाख २१ हजार जनालाई स्थायी आवासको स्वीकृति दिने बताए। ‘क्यानडालाई अझै बढी कामदार आवश्यक छ, र आप्रवासनबाट त्यो पूर्ति हुन्छ,’ उनले भने।
उनले महामारीअगाडि सरकारले आप्रवासनमार्फत् अर्थतन्त्रलाई अगाडि बढाउने महत्वाकांक्षी लक्ष्य राखेको उल्लेख गर्दै उनले अब त्यो चुनौतीपूर्ण भएको बताए। एजेन्सी
Facebook Comments


























