कार्तिक १५ । दक्षिण कोरियाको कार निर्यात बढेको छ। कारको निर्यातबाट जुलाई–सेप्टेम्बरमा कूल नौ अर्ब ३० करोड अमेरिकी डलर बराबरको कारोबार भएको छ । यो अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा ३.४ प्रतिशतको वृद्धि हो।
तेस्रो त्रैमासिकमा सेडानको आयातमा ६.९ प्रतिशतले कमी आउँदा दुई अर्ब ७० करोड अमेरिकी डलरले कमी आएको कोरियाको भन्सार कार्यालयले जनाएको छ। निर्यात रकम वृद्धिमा उच्च निर्यात मूल्यको योगदान रहेको बताइएको छ। चार पाङ्ग्रे सवारी साधनमा औसत निर्यात मूल्य प्रति एकाई १७ हजार ६२७ ले वृद्धि भई ८.२ प्रतिशत पुगेको उल्लेख छ।
मूल्यको हिसाबले सेडानको निर्यात संयुक्त राज्य अमेरिका, क्यानडा तथा बेलायतमा दुई अङ्कमा विस्तार भएको छ। तर रूस, साउदी अरब तथा स्पेनमा भने निर्यातमा दुई अङ्कले कमी आएको कार्यालयले जनाएको छ। एजेन्सी
Facebook Comments


























