कार्तिक १५ । टर्की र ग्रीसको सीमावर्ती क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु भएर सात म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
भूकम्पका कारण सो क्षेत्रका दर्जनौँ घरहरु भत्किएका छन्। भूक्मपबाट भत्किएका संरचनामा परेर भूकम्पका कारण टर्कीमा २० र ग्रीसमा दुई जनाको मृत्यु भएको बताइएको छ। भूकम्पको केन्द्रविन्दु टर्कीको इज्मिर प्रान्तमा रहेको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ। टर्कीले भने भूकम्प ६.६ म्याग्निच्युडको मात्रै रहेको बताएको छ। भूकम्पपछि त्यस क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ। एजेन्सी
Facebook Comments


























