काठमाडौ, कार्तिक १५ । विश्वभर एकैदिन २ लाख ५१ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन्। कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर संक्रमित भएका ४ करोड ५८ लाखभन्दा बढीमा संक्रमण भएको छ। यो समाचार तयार पार्दासम्म ३ करोड ३२ लाख ३७ हजार ७६४ जना संक्रमण मुक्त भएका छन्। अर्थात् कुल संक्रमितको ७२ दशमलव २४ प्रतिशत मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।
वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ७३ हजार १७३ जनामा संक्रमण भएको छ। यो समाचार तयार पार्दासम्म विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड १४ लाख ६० हजार नाघेको छ। त्यसमध्ये ८३ हजार १९१ जनाको अवस्था गम्भीर छ। यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ४८५ जनाको मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ९३ हजार २१२ पुगेको छ। सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९३ लाख १५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।
दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ८१ लाख ३६ हजार नाघेको छ। यस्तै ब्राजिलमा संक्रमित संख्या ५५ लाख १९ हजार पुगेको छ। ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो। कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६३ हजार ९० जनाको मृत्यु भएको छ। ९७ लाख ११ हजार ७४८ जना संक्रमित भएकोमा ३७ लाख २३ हजार ५६० जना संक्रमणमुक्त भएका छन्।


























