मुम्बई, कार्तिक १४ । बलिउड अभिनेता सलमान खानले हालै आफ्नो फिल्म ‘राधे’ को शूटिङ सकेका छन्। अब सलमानले अर्को नयाँ फिल्मको शूटिङको काम थालेका छन्। खबरका अनुसार सलमानले सन् २०१८ मा रिलिज भएको मराठी फिल्म ‘मुशली प्याटर्न’ को हिन्दी रिमेक ‘अन्तिम’ मा शीर्ष भूमिका निभाउँदैछन्।
फिल्ममा सलमान खानसँगै आयुष शर्मा पनि शीर्ष भूमिकामा देखिनेछन्। फिल्मको छायांकन छिट्टै हुने बताइएको छ। महेश माञ्जरेकरको निर्देशनमा बन्ने यो फिल्म मराठी फिल्मको हुबहु कपी भने हुने छैन। फिल्ममा सलमान खान एक प्रहरीको भूमिकामा देखिनेछन्।
फिल्मको छायांकन नोभेम्बरबाट शुरु हुने जनाइएको छ। शुरुमा फिल्मको नाम ‘ग्याङ अफ नर्थ’ राखिएको थियो। पछि नाम फेरेर ‘अन्तिम’ राखिएको हो। यो फिल्मको छायांकन मुम्बई र कर्जतमा हुनेछ। एजेन्सी
Facebook Comments




















